Logo

मनकामना केबुलकार सेवा ६ दिनका लागि बन्द हुँदै, चैत्र ३१ देखि पुनः नियमित सञ्चालन हुने

मनकामना केबुलकार सेवा ६ दिनका लागि बन्द हुँदै, चैत्र ३१ देखि पुनः नियमित सञ्चालन हुने



काठमाडौं । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार सेवा आगामी चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको छ ।

केबुलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्य अनुसार बुल व्ह्लि बेरिङ नयाँ फेर्नुका साथै बुल व्ह्लि र अन्य मर्मत संभारको लागि केबलकार बन्द हुन लागेको हो ।

मंमतका लागि अष्ट्रियाबाट प्राविधिक आउने भएपछि केबुलकार सेवा ६ दिनका लागि बन्द गर्न लागिएको हो । उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुने र
मर्मत संभारपश्चात आगामी चैत्र ३१ गतेदेखि पुनः नियमित रुपमा सञ्चालन हुने समेत मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL