Logo

होटल तथा रेस्टुरेन्टलाई लक्षित गर्दै सजिलो डाइन डटकम सञ्चालनमा, डिजिटल क्युआर स्क्यानर मेनु उपलब्ध

होटल तथा रेस्टुरेन्टलाई लक्षित गर्दै सजिलो डाइन डटकम सञ्चालनमा, डिजिटल क्युआर स्क्यानर मेनु उपलब्ध



काठमाडौं । होटल,रेस्टुरेण्ट तथा रिसोर्टहरुलाई लक्षित गरी सजिलो डाइनले डिजिटल मेनु सफ्टवयेरले सजिलो डाइन डटकम् सञ्चालनमा ल्याएको हो ।

सजिलो डाइनले उच्चतम प्रविधिको प्रयोग गर्दै होटल तथा रेस्टुरेन्टमा खाना तथा नास्ता गर्न जाने ग्राहक र सर्भिस कम्पनीलाई सहज हुनेगरी डिजिटल क्युआर स्याकनर मेन्यू उपलब्ध गराएको जनाएको छ ।

सजिलो डाइन होटल तथा रेस्टुरेन्टका लागि उपलब्ध गराइएको एक डिजिटल क्युआर स्क्यानर मेनू हो । यो प्रयोग गर्न समेत सहज र सरल भएको कम्पनीले उल्लेख गरेको छ । ग्राहकले आफ्नो टेबलमा रहेको क्युआर कोडलाई आफ्नो मोबाइलमा रहेको जुनसुकै क्यूआर स्क्यानरले स्यान गरी उक्त होटल तथा रेस्टुरेन्टमा उपलब्ध आजका मेनूहरु आफ्नै मोबाइलमा देख्न र चाहेको परिकार तत्कालै अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनी संचालकका अनुसार नेपालका बैंकिङ, शिक्षा, बिमा, सपिङ सेन्टर आदिमा रकम भुक्तानीका लागि प्रयोगमा आएको क्युआर होटल तथा रेस्टुरेन्टको मेनू स्क्यानका लागि प्रयोगमा ल्याएको भने नेपालमा नै यो पहिलो पटक हो ।

राजधानिका विभिन्न १ सयभन्दा बढी होटल तथा रेस्टुरेन्ट तथा पेपे पिज्जाका सबै शाखाहरूमा संचालमा आई सकेको सजिलो डाइन सफ्टवेर प्रयोग गर्न चाहने जुनकुनै होटल, रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रका व्यवसायीहरुले न्यूनतम शुल्कमा नै यो सुविधा प्रयोग गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । यो सेवा प्रयोग गर्न चाहने कम्पनीले वार्षिक ३ हजार रुपैयाँ तिरे पुग्ने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL