Logo

भक्तपुरको सूर्यविनायकमा अग्निग्रुपको सर्भिस सेन्टर, ‘भक्तपुर मोटो टेक’ बन्यो आधिकारिक डिलर

भक्तपुरको सूर्यविनायकमा अग्निग्रुपको सर्भिस सेन्टर, ‘भक्तपुर मोटो टेक’ बन्यो आधिकारिक डिलर

काठमाडौं । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्स प्रालिले सूर्यविनायक, भक्तपुरमा महिन्द्रा फोरव्हीलर सवारी साधनहरूको आधिकारीक सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीका अनुसार सेवा केन्द्र ‘भक्तपुर मोटो टेक’ त्यस क्षेत्रका लागि बालाजु अटोवक्सको अधिकृत सुसज्जित डिलर हो ।

laxmi

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई, बालाजु अटो वक्र्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, भक्तपुर मोटो टेकका प्रबन्ध निर्देशक प्रयास बुढाथोकी, सूर्यविनायक नगरपालिकाका मेयर वासु थापा, नेपाली नायिका अदिती बुढाथोकी र जगाती परिसरका डिएसपी राजेश थापाद्वारा संयुक्त रूपमा उद्घाटन गरेको छ ।

यस सेवा केन्द्र स्थापना गर्नुको उद्देश्य भक्तपुर र यसका वरपरको क्षेत्रका ग्राहकहरूलार्ई सुविधाजनक र किफायती सेवा पु¥याएर ग्राहकलाई कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराइ लाभ पु¥याउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

बालाजु अटो वक्र्सका प्रबन्ध निर्देशक  अर्जुनप्रसाद शर्माले सबै महिन्द्रा सर्भिसिङ केन्द्रहरूमा ग्राहकहरुलाई अधिकतम सन्तुष्टि दिनका लागि निरन्तर गुणस्तरीय सेवा प्रदान गर्नमा कम्पनी बढी केन्द्रित रहँदै आएको बताएका छन् ।

यो सर्भिस सेन्टरले आफ्ना ग्राहकहरूलाई महिन्द्रा अटोमोबाइल्सका स्कर्पियो, बोलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० र थारलगातका सबै उत्पादन श्रृंखलाको बिक्री–सेवा र सक्कली स्पेयर पार्ट्स उपलब्ध गराउनमा समर्पित हुनेछ ।

भक्तपुर मोटो टेकका प्रबन्ध निर्देशक प्रयास बुढाथोकीले कम्पनीको प्रमुख उद्देश्य महिन्द्राको सवारी साधनका लागि सर्भिसिङ र सक्कली स्पेयर पार्ट्स प्रदान गर्नु हो र  यस सर्भिसिङ सेन्टरले महिन्द्रा सवारी साधनका ग्राहकको आफ्नै मूल स्थानमा गुणस्तरीय सेवा सुविधा पुरयाउने आशा पूरा गर्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL