Logo

सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, १३ प्रतिशत बोनश र ३ प्रतिशत नगद

सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा, १३ प्रतिशत बोनश र ३ प्रतिशत नगद



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७६-७७ का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिकोे बुधबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीबाट कुल १५.७८९४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

laxmi

जसमा १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँबराबरको बोनस सेयर र ३.७८९४ प्रतिशतले हुन आउने ३ करोड ७८ लाख ९४ हजार ७३६।८४ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन् ।

चुक्तापुँजी १ अर्ब रुपैयाँ रहेको उक्त कम्पनीको प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

१२ करोड रुपैयां बराबरको बोनस शेयर जारी गरेपछि इन्स्योरेन्सको चुक्तापुजी १ अर्ब १२ करोड रुपैया पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL