काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेको दुई ओटा वाईडबडी जहाज प्रकरण थप पेचीलो बन्दै गएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले संघीय संसदको सार्वजनिक लेखा समितिलाई पेश गरेको लिखित रायमा वाईडबडी खरिद प्रक्रिया कानुन अनुसार नभएको उल्लेख गरेको छ । समितिको निर्देशन अनुसार कार्यालयले बुझाएको लिखित रायमा ‘सार्वजनिक खरिद ऐन २०६३ को दफा ६७…