Logo

भ्रष्टचारीलाई नै वाईडबडी छानविन समितिमा राखेपछि लेखा समितिमा विवाद, कंसाकारलाई पदमुक्त गर्न माग

भ्रष्टचारीलाई नै वाईडबडी छानविन समितिमा राखेपछि लेखा समितिमा विवाद, कंसाकारलाई पदमुक्त गर्न माग



काठमाडौ । सार्वजनिक लेखा समितिले भ्रष्टचारीलाईनै वाईडबडी खरिद प्रकरण छानविन समितिमा राखेको भन्दै आपत्ती जनाएका छन ।
लेखा समितिको बुधबार बसेको बैठकमा समिति सदस्यहरुले नेपाल वायुसेवा निगममा वाईडबडी खरिद प्रकरणमा जसले भ्रष्टचार गर्यो उसैलाई छानविन समितिमा राखेको भन्दै आपत्ती जनाएका हुन ।

जसलाई भ्रष्टचारको आरोप लागेको छ उसैलाई वाईडबडी छानविन समितिमा राख्नुको औचित्य के हो ? यसमा हाम्रो आपत्ती रहेको छ, समिति सदस्य तेजुलाल चौधरीले भने ।

वाईडबडी खरिद प्रकरण लाउडा एयर भन्दा कुनै कम नभएको भन्दै सत्य तथ्य बाहिर ल्याउन समिति सदस्य प्रेम आलेले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसँग आग्रह गरेका छन ।

त्यस्तै समितिका सदस्य विशाल भट्टराईले निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारको राजीनामाको माग गरेका छन । वाइडबडी खरिदमा घोटाला गरेको आरोप लागेको ब्यक्ति पदमा बस्न नसुहाउने भन्दै उनले नैतिक्ताको आधारमा पनि राजीनामा दिनु पर्ने भन्दै मन्त्री अधिकारीसँग कंसाकारलाई पद मुक्त गर्न आग्रह गरेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL