काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले गत बर्षको असार १० गते एक सूचना जारी गर्दै सबै इन्टरनेट सेवाप्रदायकहरुलाई निशुल्क टेलिफोन सेवा (टोल फ्रि) नम्बर राख्न निर्देशन दिएको थियो । तर, सेवा प्रदायकहरुले प्राधिकरणको उक्त निर्देशनलाई पालना नै गरेनन् । सेवा प्रदायकहरुको बेवास्तापछि कारवाहीको चेतावनी दिँदै प्राधिकरणले पुनः असोज ४ मा अनिवार्य टोल फ्रि नम्बर राख्न निर्देशन…