काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको १ अर्ब ३५ करोड ऋणको किस्ता तिरेको छ । बिहीबार निगमले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई उक्त किस्तावापतको रकम बुझाएको हो । यसअघि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएको थियो । जसमध्ये कर्मचारी सञ्चय कोषको हकमा न्यारोवडी…