Logo

जनार्दन शर्मामाथि छानबिन गर्ने समितिको म्याद आज सकिदै, आजै शर्मासँग बयान लिने समितिको तयारी

जनार्दन शर्मामाथि छानबिन गर्ने समितिको म्याद आज सकिदै, आजै शर्मासँग बयान लिने समितिको तयारी



काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको म्याद आज सकिदैछ । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको र सिसिटिभी फुटेजबारे जाँच गर्न गठन भएको संसदीय छानबिन समितिको म्याद बिहीबारसम्म रहेको छ ।

laxmi

१० दिनको म्यादसहित गठन भएको समितिको म्याद आज सकिएपनि अहिलेसमम छानविन नसकिएको समिितका सदस्यहरुले बताएका छन् । यस्तोमा समय सीमाभित्र छानबिन नसकिएकाले भन्दै समितिको समय थप गर्ने तयारी थालिएको छ । त्यसका लागि बुधबार बसेको समितिको बैठकले ७ दिन म्याद थप गर्न आग्रह गर्ने निर्णय गरेको समितिका एक सदस्यले जानकारी दिए ।

केही व्यक्तिको बयान लिन बाँकी रहेको छ भने सिसिटिभीको हार्ड डिस्क जाँचका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ । उक्त रिपोर्ट आएपछिमात्र समिति टुंगोमा पुग्न सक्ने भएकाले त्यसका लागि समय थप गर्न सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गर्ने निर्णय समितिको छ । समितिले बिहीबार बिहान तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL