काठमाडौं । नेपाल स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा धर्मराम राज सापकोटा निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको अधिवेशनले सर्वलक्ष्मी सेक्युरिटिजका सञ्चालक सापकोटालाई अध्यक्षमा निर्वाचित गरेको हो । उनले २८ मत पाउँदा उनका निकटमत प्रतिद्वन्दी आर्यतारा इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिजका सञ्चालक गुणनिधी भुषालले १६ मत पाएका छन् । एशोसिएसनमा अध्यक्ष बाहेकका सबै पदमा सर्वसम्मत रुपमा पदाधिकारीहरु चयन…