Logo

एलिट क्यापिटलले पायो मर्चेन्ट बैंकरको लाईसेन्स, भेन्चर क्यापिटलको पनि सेवा दिने

एलिट क्यापिटलले पायो मर्चेन्ट बैंकरको लाईसेन्स, भेन्चर क्यापिटलको पनि सेवा दिने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले एलिट क्यापिटल लिमिटेडलाई मर्चेन्ट बैंकरको लाईसेन्स प्रदान गरेको छ । कम्पनीले कान्छो मर्चेन्ट बैंकरको रुपमा लाइसेन्स प्राप्त गरेको हो ।

laxmi

बोर्डका अध्यक्ष डा. रमेश कुमार हमालले बुधवार एक समारोहका बिच मर्चेन्ट बैंकर अनुमतिपत्रको प्रमाणपत्र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यलाई हस्तान्तरण गरेका हुन् ।

एलिट क्यापिटलले लाजिम्पाट उत्तरढोकास्थित मेट्रो पार्कमा कार्यालय स्थापना गरिसकेको छ । सोही स्थानबाट व्यक्तिगत तथा संस्थागत लगानी व्यवस्थापन, कर्पोरेट एडभाईजरी, धितोपत्र प्रत्याभूति (अण्डरराईटिङं) र डिपी सेवा समेत दिने क्यापिटलले जनाएको छ ।

२२ करोड ५० लाख रुपैयाँ पुँजी रहेको क्यापिटलले थप प्रक्रिया पुरा गरेर निकट भविष्यमै प्राईभेट ईक्विटी तथा भेन्चर क्यापिटल र म्यूचुअल फण्डको समेत व्यवस्थापन गर्ने योजना राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL