काठमाडौं । शिखर इन्स्योरेन्सले बोनस सेयरको घोषणा गरेको छ । कम्पनी संचालक समितिको सोमबार बसेको बैंठकले आफ्ना सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । सेयरधनीलाई बोनस सेयर वितरण गर्ने सम्बन्धमा कम्पनीले आजै मात्र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)लाई जानकारी गराएको हो । कम्पनीले कुल २३ करोड ७१ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ…