काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर, घरजग्गा तथा हायरपर्चेज धितो कर्जाको जोखिमभार पुनरावलोकन गर्ने भएको छ। केन्द्रिय बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । ‘सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ ।’ राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा भनिएको…