काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ३ नयाँ धितोपत्र दलाल (ब्रोकर) कम्पनीलाई लाईसेन्स दिएको छ । नेपाल धितोपत्र बार्डको बुधबार बसेको बोर्ड बैठकले थप ३ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । जसमा जेबीएनएल सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र सिबीआइएल सेक्युरिटिज रहेका छन् । यससँगै धितोपत्र बार्डबाट लाइसेन्स पाउने नयाँ ब्रोकरको संख्या ३२ पुगेको छ ।…