काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भोली बिहीबार अत्यावश्यकबाहेकका सवारीसाधन सडकमा ननिकाल्न आग्रह गरेको छ । बिहीबार नेकपा एमाले निकट युवासंघ र दुर्गा प्रसाईँ नेतृत्वको जुलुस र विरोध र्याली हुने भएपछि ट्राफिक कार्यालयले यस्तो सूचना जारी गरेको हो । यी दुई समुहको जुलुसका कारण भोली काठमाडौं उपत्यकामा सवारी आवागमनमा असहजता आउने भएकाले यस्तो निर्णय…