काठमाडौं । नेपाल राष्ट्र बैंकले हायरपर्चेज कर्जा (सवारी कर्जा) दिने कम्पनीको निवेदन लिन बन्द गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार अबका दिनमा नयाँ गाडी बिक्रेता कम्पनीहरुले राष्ट्र बैंकमा हायरपर्चेजको लाईसेन्स लिन निवेदन समेत दिज नपाउने भएका छन् । हाल नेपाल राष्ट्र बैंकबाट हायरपर्चेजको लागि ७/८ वटा कम्पनीले लाइसेन्स लिइसकेको र सोही मात्रामा आवेदन परेकाले…