Logo

गोसनको पक्राउपछि निशान र मिटसुबिसीको सेयरमा गिरावट, के होला भविष्य

काठमाडौं । जापानी कार कम्पनी निशान र मिटसुबिसीको सेयरमा उल्लेख्य गिरावट आएको छ । उक्त कम्पनीका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा सोमबार पक्राउ गरिएपछि कम्पनीको सेयरमा गिरावट आएका हो । गोसनलाई घरहरूको अस्वभाविक मूल्य कायम गरेको र क्षतिपूर्ति रकमलाई फरक शीर्षकमा प्रयोग गरी कम्पनीका गतिविधिलाई आर्थिक अनियमितताका लागि सञ्चालन गरेको अरोपमा पक्राउ गरिएको हो…