Logo

भारतमा कोभिड सक्रमितको संख्या दुई करोड नाध्यो, सवा २ लाखको निधन

काठमाडौं । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कुल संख्या दुई करोडभन्दा माथि पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजार भन्दा धेरै सक्रमित थपिएसँगै कुल सङ्ख्या दुई करोड नाघेको मंगलबार भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कमा २४ घण्टामा तीन लाख ५७ हजार २२९ जना संक्रमित थपिएका छन्…