काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठले महासंघ नेतृत्वले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समग्र उद्योगी व्यवसायीको हितमा काम गर्नुपर्ने बताए । ‘अहिले ठुला व्यापारीहरु महासंघ नेतृत्वमा पुगेर समग्र उद्योगी व्यवसायीको समस्या समाधान भन्दा पनि आफ्ना व्यक्तिगत स्वार्थमा केन्द्रित हुन थाले जसका कारण जिल्ला नगर र बस्तुगत संघहरुका समस्याहरु राज्यले…