Logo

घर बहाल असुलीमा एग्रेसिभ बन्दै काठमाडौं महानगर, एकदिनमै उठायो साढे तीन करोड

घर बहाल असुलीमा एग्रेसिभ बन्दै काठमाडौं महानगर, एकदिनमै उठायो साढे तीन करोड



काठमाडौं । काठमाडौं महानगरपालिले सोमबार एकदिनमै साढे तीन करोडभन्दा धेरै बहाल कर संकलन गरेको छ । पछिल्लो समय घर बहाल कर असुलीमा एग्रेसिभ बनेको महानगरले आज मात्रै ३ करोड ६३ लाख बहाल कर संकलन गरेको हो ।

laxmi

असारमसान्त अजिकिएसँगै महानगरले लिने बहालकर पनि बढेको हो । आर्थिक बर्ष २०७९।८० सकिनै लाग्दा एकैदिन उक्त रकम बराबरको कर संकलन भएको महानगरले जनाएको छ । ‘वडा कार्यालयहरुमार्फत आज मात्र ३ करोड ६३ लाख बहाल कर मात्र संकलन भएको छ,’ महानगर सचिवालायले सार्वजनिक गरेको सुचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL