काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना अर्थात साउनमा हालसम्मकै उच्च विदेशी लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले उपलब्ध गराएको तथ्यांकअनुसार साउनमा २४ अर्ब १० करोड ४९ लाख ९५ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो । यो प्रतिवद्धता एक महिनाभित्र आएको हालसम्मकै उच्च हो । साउनमा विदेशी लगानीका १ सय…