काठमाडों । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध रिट दायर गरेका छन् । सोमबार घिसिङको नियुक्ती खारेजीको माग गर्र्दै शाक्यले सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् । आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको भन्दै त्यसलाई बदर गरी आफूलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा यथावत राख्नुपर्ने माग गरेका छन्…