Logo

ऊर्जा मन्त्री पम्फा भुसालको एक्सन, उद्योगीसँग डेडिकेटेड र ट्रंक लाईनको साढे १५ अर्ब बक्यौता उठाउन निर्देशन

ऊर्जा मन्त्री पम्फा भुसालको एक्सन, उद्योगीसँग डेडिकेटेड र ट्रंक लाईनको साढे १५ अर्ब बक्यौता उठाउन निर्देशन



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले उद्योगीहरुसँग डेडिकेटड फिडर र ट्रंक लाइनसम्बन्धी बक्यौता उठाउन निर्देशन दिएकी छिन् । आईतबार विद्युत प्राधिकरणले नयाँ मन्त्रीलाई गरेको स्वागत कार्यक्रममा उनले सम्बद्ध उद्योगी, व्यवसायीलाई औपचारिक रुपमा जानकारी दिएर बक्यौता रहेको साढे १५ अर्ब रुपैयाँको उठाउन निर्देशन दिएकी हुन् ।

यस अघि सर्वोच्च अदालत, संसदको सार्वजनिक लेखा समिति, ऊर्जा मन्त्रालय, प्राधिकरण सञ्चालक समिति र उसले गठन गरेका विभिन्न उपसमितिहरुले डेडिकेटड र ट्रंक लाइन सम्बन्धी बक्यौता उद्योगी व्यवसायीसँग उठाउन प्राधिकरलाई निर्देशन दिएको थियो । तर, उद्योगी व्यवसायी आफ्नो शक्तिको दुरुपयोग गर्दै हालसम्म असुली गर्न रोक लगाएँदै आएका थिए ।

साथै मन्त्री भुसालले प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन कसैले नरोकेको भन्दै ऐन, नियमावलीले दिएको अधिकार प्रयोग गरी उठाउनु पर्ने बताईन । साथै अबका दिनमा त्यसरी लामो समयसम्म बक्यौता नतिर्ने उद्योगी व्यवसायीको विद्युत लाईनै काटेर भएपनि असुली गर्नुपर्ने प्राधिकरणलाई उनको सुझाव थियो । साथै त्यस्तो बक्यौता रकम जुन जुन वितरण केन्द्र प्रमुखको पालामा उठ्नुपर्ने हो, तिनै कर्मचारीले आफ्नो दायित्व ठानी उठाउन समेत निर्देशन दिएकी छिन् । साथै यस विषयमा प्राधिकरणले नै स्वविवेक प्रयोग गरेर बक्यौता रकम उठाउन सक्ने समेत उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL