काठमाडौं । नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना अन्र्तगत नयाँ मोदी–लाहाचोक खण्डको निर्माण सम्पन्न गरी बुधबारवाट सञ्चालनमा आएको हो । लाहाचोकमा १३२÷३३ केभी सबस्टेसनमा ३० एमभीएको पावर ट्रान्सफर्मर जडान कार्य सम्पन्न गरी लाइन चार्ज गरिएको छ । निर्माण सम्पन्न सबस्टेसनवाट कास्कीको माच्छापुच्छ्रे…