काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सातदोबाटोमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार एक कार्यक्रमको आयोजना गर्दै सो शाखा संचालनमा ल्याएको हो । सो शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरेका हुन । सो शाखा उद्घाटन पश्चात काठमाडौं उपत्यकामा मात्रै बैंकका १२ शाखा पुगेका छन भने सबै शाखा संख्या ८२ पुगेको छ…