काठमाडौं । बैंक अफ काठमाण्डूले लाभांश घोषणा गरेको छ । आज बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको हो। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले चुक्तापुँजीको १४.९५ प्रतिशतले हुन आउने १ अर्ब ५८ करोड ८२ लाख ८७ हजार ११३.७६ रुपैयाँबराबरको…