Logo

ग्लोबल आइएमई बैंकको दोश्रो त्रैमाससम्म खुद नाफा ४.४७ प्रतिशतले वृद्धि, नाफा २ अर्ब ७८ करोड रुपैयाँ पुग्यो

ग्लोबल आइएमई बैंकको दोश्रो त्रैमाससम्म खुद नाफा ४.४७ प्रतिशतले वृद्धि, नाफा २ अर्ब ७८ करोड रुपैयाँ पुग्यो



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म खुद नाफा ४.४७ प्रतिशतले बढेर २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

laxmi

गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ११ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म बैंकले ४ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

बैंक अफ काठमाण्डूसँग मर्जर पूरा गरी एकीकृत कारोबार सुरु गरिसकेको बैंकले अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरणअनुसार बैंकको नाफामा सामान्य वृद्धि भएको छ ।

समीक्षा अवधिसम्म बैंकको दोस्रो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा पनि ३.१९ प्रतिशतले बढेर ३ अर्ब ७९ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकको यस्तो मुनाफा ३ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो।

पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३६.४५ प्रतिशतले ६ अर्ब ५४ करोड रुपैयाँ खुद ब्याज पुगेको छ । गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी ४ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो।

बैंकको चुक्तापुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष पनि ७१.१४ प्रतिशतले बढेर १८ अर्ब ३१ करोड रुपैयाँको उचाइमा पुगेको छ। बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर २.९२ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल १.१३ प्रतिशतमा सीमित रहेको थियो । सीडी रेसियो ८९.४३ प्रतिशत रहेको बैंकको आधार दर १०.८० प्रतिशत रहेको छ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १८.०७ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिसम्म ईपीएस २२.३९ रुपैयाँ रहेको थियो। पीई रेसियो ११.६४ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५४.३४ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL