Logo

कुमारी बैंकको एकीकृत कारोबार अघिको नाफा १ अर्ब ६० करोड

कुमारी बैंकको एकीकृत कारोबार अघिको नाफा १ अर्ब ६० करोड



काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी)बैंक लिमिटेडले पुस १७ गतेदेखि एकीकृत कारोबार शुरूगरिसकेका छन् । कुमारी बैंकको नामबाट एकीकृत कारोबार गरेको बैंकले साविक एनसीसी र कुमारी बैंक लिमिटेड गाभिएपछि पुस १६ गतेसम्मको संयुक्त वित्तीय विवरण कम्पनीले मंगलवार नेप्सेमा सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरणअनुसार कुमारी र एनसीसी गाभिँदा बैंकको पुस १६ गतेसम्म खुद नाफा रू. २ अर्ब १२ करोड रहेको छ । जसमा कुमारीको नाफा रू. १ अर्ब ६० करोड र एनसीसी बैंकको नाफा रू.५१ करोड ८६ लाख रहेको छ ।कम्पनीले नेप्सेमा सार्वजनिक गरेको विववरणअनुसार एनसीसीभन्दा कुमारी बैंकका अधिकांश सूचकहरू सबल देखिएका छन् । सो अवधिसम्म कुमारीको खुद ब्याज आम्दानी रू.३ अर्ब ५१ करोड र एनसीसीको रू.२ अर्ब २८ करोड रहेको छ । दुई बैंक एकआपसमा मर्जरमा गएपछि खुद ब्याज आम्दानी रू.५ अर्ब ८० करोड रहेको छ ।

मर्जरपछि बैंकको कर्जा प्रवाह रू.२ खर्ब ८७ अर्ब नाघेको छ । जसमा कुमारी बैंकको मात्रै रू.१ खर्ब ७१ अर्ब रहेको छ भने एनसीसीको रू.१ खर्ब १५ अर्ब रहेको छ । त्यस्तै कम्पनीको निक्षेप रू. ३ खर्ब २ अर्बभन्दा बढी छ । जसमा कुमारी बैंकको रू. १ खर्ब ८० करोड र एनसीसी बैंकको रू. १ खर्ब २२ अर्ब रहेको छ ।

मर्जरपछि बनेको कम्पनीको चुक्तापूँजी रू. २६ अर्ब २२ करोड पुगेको छ । जसमा कुमारी बैंकको रू. १४ अर्ब ७१ करोड र एनसीसीको रू.११ अर्ब ५१ करोड रहेको छ । त्यस्तै जगेडा कोषमा रू. १० अर्ब ४४ करोड जम्मा भएको छ । यसरी बैंकको कुल पूँजीकोष रू. ३६ अर्ब ७५ करोड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL