काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक वित्त संस्थाले गरेको लगानीले देशले आर्थिक बृद्धिदर हासिल गर्न नसेको बताएका छन् । उनले शुक्रबार श्वेतपत्र जारी गर्दै वित्तीय साधनको उपयोग विवेकपूर्ण तवरले हुन सकेको भन्दै बैंकले गरेको लगानीले आर्थिक बृद्धिदरमा असर नपारेको दाबी गरेका हुन् । ‘अहिले बैंक वित्तीय संस्थाको कर्जाको बृद्धिदर हेर्ने हो भने २० प्रतिशतभन्दा…