काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवको सोही अवधिको तुलनामा यो आवको पहिलो ६ महिनामा रेमिट्यान्स बढेर ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ पुगेको हो । गत आवको यहि अवधिमा विप्रेषण आप्रवाह ५ प्रतिशतले घटेको थियो ।…