Logo

GBIME

राष्ट्र बैंकले जारी गर्याे नयाँ विप्रेषण विनियमावली, अब न्युनतम चुक्तापूँजी नै १० करोड (विनियमावलीसहित)

राष्ट्र बैंकले जारी गर्याे नयाँ विप्रेषण विनियमावली, अब न्युनतम चुक्तापूँजी नै १० करोड (विनियमावलीसहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ विप्रेषण विनियमावली जारी गरेको छ । शुक्रबार पुरानो भएको विप्रेषण विनियमावली २०६७ लाई खारेज गर्दै नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ जारी गरेको हो ।

Laxmi

नयाँ विनियमावलीमार्फत नेपाल राष्ट्र बैंकले विप्रेषण कम्पनीको न्युनतम चुक्ता पूँजी १० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ । यसअघिको विनियमावलीमा रेमिट्यान्स कम्पनीहरुलाई विभिन्न ३ तहमा गर्गिकरण गर्दै २ करोड, १० करोड र २५ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याए हुने व्यवस्था थियो । तर, अब भने राष्ट्र बैंकले विप्रेषण कम्पनीहरुलाई २ तहमा विभाजन गर्दै न्युनतम १० करोड र २५ करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको हो ।

यस्तै राष्ट्र बैंकले विप्रेषण कम्पनीलाई न्युनतम चुक्ता पुँजी पुर्याउन २०८५ असार मसान्तसम्मको समयावधि दिएको छ । जसअनुसार विप्रेषण कम्पनीले २०८१ असार मसान्तभित्र न्यूनतम ३ करोड, २०८२ असार मसान्तभित्र न्यूनतम ४ करोड, २०८३ असार मसान्तभित्र न्यूनतम ६ करोड, २०८४ असार मसान्तभित्र न्यूनतम ८ करोड र २०८५ असार मसान्तभित्र न्यूनतम १० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
NCHL
NTC