Logo

क्यूआर पेमेन्टमा ‘इन्टरअप्रेविलिटि’ लागू गर्न राष्ट्र बैंकको निर्देशन, एउटै एटीएम कार्ड सबै पोस मेशिनमा चल्ने

क्यूआर पेमेन्टमा ‘इन्टरअप्रेविलिटि’ लागू गर्न राष्ट्र बैंकको निर्देशन, एउटै एटीएम कार्ड सबै पोस मेशिनमा चल्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यूआर पेमेन्टमा ‘इन्टरअप्रेविलिटि’ (अन्तरआवद्धता) लागू गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन २०७९ जारी गर्दै क्यूआर पेमेन्टमा इन्टरप्रोटाविलिटि लागू गर्न निर्देशन दिएको हो ।

laxmi

उक्त व्यवस्था कार्यान्वयनमा आएसँगै एउटै क्यूआर स्ट्याण्डीबाट सबै सेवाप्रदायकले भुक्तानी गर्न मिल्ने छ । अहिले नेपालमा नेपाल क्लियरिङ हाउसको नेपाल पे, एससीटीको स्मार्ट पे र फोनपेले फोन पेमार्फत क्यूआर भुक्तानी सेवा संचालन गर्दै आएका छन् । तर उक्त निर्देशनले एउटै क्यूआरबाट सबै सेवाप्रदायकको सेवा लिन सकिने राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले जानकारी दिए । ‘अबका दिनमा एउटै स्ट्याण्डीबाट सबै क्यूआर सेवाप्रदायका सेवाग्राहीले स्क्यान गरेर रकम भुक्तानी गर्न सक्नेछन्,’ उनले भने, ‘अब सेवाग्रीले आफुले चलाउँदै आएको क्यूआरको स्ट्याण्डी हुँदा अन्य सेवाप्रदायककोबाट पनि स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् ।’

यस्तै अबका दिनमा पोस मेशिनमा सबै बैंकको एटीएमक कार्ड चल्ने भएको छ । अहिले कतिपय बैंकहरुको पोस मेसिनमा अन्य बैंकको एटीएम कार्ड चल्दैन्थ्यो । तर राष्ट्र बैंकको उक्त व्यवस्थाले अबका दिनमा कुनै पनि बैंकको एटीएम कार्ड कुनै अर्को बैंकको पस मेसिनमा चल्ने छ ।

यसैगरीे वालेट टू वालेट रकम ट्रान्सफर समेत गर्न सकिने भएको छ । यसअघि एउटाको वालेटबाट अर्को सेवाप्रदायकको वालेटमा रकम भुक्तानी गर्न नमिल्ने व्यवस्था रहेकोमा नयाँ निर्देशनले जुनसुकै वालेटमा रकम ट्रान्सर गर्न मिल्ने व्यवस्था लागू गरेको पौडेलले जानकारी दिए ।

माथि उल्लेखित व्यवस्था कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले सेवा प्रदायकलाई विभिन्न तीन विषय लागू गर्न निर्देशन दिएको छ । जसमा मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमार्फत कुनै बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट अन्य बैंक वित्तीय संस्थामा रहेको खातामा रकम ट्रान्सफर हुनसक्ने गरी उक्त उपकरणहरूमा अन्तरआवद्धता कायम गर्ने । यस्तै एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्नसक्ने गरी विद्युतीय वालेटमा अन्तरआवद्धता कायम गर्ने र नेपाल क्यूआर स्तरीय फ्रेमवर्क तथा गाईडलाईन बमोजिम जारी भएका क्यूआरमा अन्तरआवद्धटा गर्नुपर्ने छ । साथै उक्त कार्य २०८० असार मसान्तसम्म गरिसक्न समेत राष्ट्र बैंकले सम्बद्ध सेवाप्रदायकलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL