काठमाडौं । डेरी व्यवसायीहरुले दूधको मूल्य सरकारले तोकिदिएको भन्दा १ रुपैयाँले बढाएका छन् । सरकारले किसानका लागि दूधको मूल्य ७ रुपैयाँले बढाईदिएपछि डेरीवालाहरुका लागि पनि ९ रुपैयाँले दूधको उपभोक्ता मूल्य बढाईदिएको थियो । तर, डेरी एसोसीएसन, डेरी उद्योग संघले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको जानकारी दिएका हुन् । यसअघि…