Logo

सामाजिक उत्तरदायित्व पुरा गर्न धनमात्र भएर हुँदैन मन पनि चाहिन्छ : दीपक मल्होत्राको विचार

सामाजिक उत्तरदायित्व पुरा गर्न धनमात्र भएर हुँदैन मन पनि चाहिन्छ : दीपक मल्होत्राको विचार



नेपाल यतिबेला विश्वका अरु देशजस्तै कोरोना महामारीको चपेटा छ । यसअघि पनि भूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपत्तिको सामना नेपालले गरिसकेको छ । तर त्यो नेपालको मात्र समस्या थियो ।

laxmi

भुकम्पले नेपालमा क्षति पुर्याएपनि अहिलेको जस्तो त्राहिमाम भएर थुनिएर बस्नुपरेको थिएन । सामाजिक उत्तरदायित्व अन्तरगत त्यतिबेला उद्योगी व्यापारी, समाजसेवी सबै लागेका थिए ।

अहिलेको परिस्थिति फरक छ । विश्व अर्थतन्त्रमै एकै किसिमको समस्या देखापरेको छ । राज्यलाई समस्या पर्दा एककदम अघि बढेर सहयोग गर्नु उद्योगी, व्यवसायीहरुको दायित्व हो, यसमा दुईमत हुन सक्दैन । तर, भोलीका दिनमा यस महामारीबाट पार पाउन उद्योगी व्यवसायीले के गर्ने कसरी अघि बढ्ने भन्ने उद्योगी व्यवसायीको समस्या पनि यथावत नै छ । आफ्नै समस्याले अन्यौलग्रीत भएका कारण उद्योगी व्यवसायीहरु खुलेर संस्थागत सामाजिक उत्तरदायित्वमा लाग्न नसकेको पनि देखिएको छ ।

सरकारले समयमै लकडाउन गरेर सजकता अपनाएका कारण हामी अन्य मुलुकभन्दा कोरोनाबाट सुरक्षित छौं । तर हामीकहाँ कोरोनासँग जुध्नका लागि आवश्यक स्वास्थ्य सामग्री नभएर हाहाकार र कालोबजारी भएको छ । यदि सरकारले चीनमा कोरोनाको महामारी फैलिएर लकडाउन भएसँगै पूर्व सजकता अपनाएर त्यस्ता सामग्री खरिद गरेको भए यो अवस्था आउने थिएन ।

‘सामान्य अवस्थामा ५/७ रुपैयाँभन्दा बढी नपर्ने डिस्पोजेवल सर्जिकल मास्क ५० रुपैयाँसम्ममा बिक्री गरेको आफैले देखे । मैले बजारमा मास्कको कालोबजारी हुन दिन्न भन्ने अठोटका साथ आफैले मेशिन ल्याएर उत्पादन सुरु गरे सम्भव पनि भयो । यो समस्यामा आफ्नो व्यापार व्यवसायलाई थाती राखेर राज्यप्रतिको दायित्व निर्वाह गरेको हुँ । अहिलेसम्म करिब ५ लाख थान मास्क निःशुल्क बिक्री वितरण गरे भने अन्य मास्क पनि परल मुल्यमै बिक्री वितरण गर्दै आएको छु ।’

अहिले उद्योग व्यवसायीले कोरोनाबाट समस्यामा परेका कारण आर्थिक राहत प्याकेजको विषय उठाइरहेका छन् । तर यस विषयमा हालसम्म कुनै ठोस सम्बोधन हुन सकेको छैन । यदि सरकारले व्यवसायीका समस्या सुरुमै समाधान गरिदिएको भए उद्योगी व्यवसायीहरु ढुक्क भएर दिल खोलेर सामाजिक उत्तरदायित्वमा लाग्न सक्ने अवस्था हुन्थ्यो । तर, अहिले सरकारले त्यस्ता राहतका प्याकेज नल्याउँदा सबै जना सामाजिक उत्तरदायित्वभन्दा पनि आफ्नै व्यापार व्यवसायको बारेमा सोच्न बाध्य भएका छन् । लकडाउन खोलेपछि उद्योग व्यवसायको अवस्था के हुने हो सोच्न सक्ने अवस्था छैन ।

दायित्व सबैको हो । महामारीको अवस्थामा हुनेले नहुनेलाई दिनुपर्छ । तर सरकारी नीतिका कारण व्यवसायी नै अन्यौलमा परेका कारण केहीले सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेपनि धेरै व्यवसायी अघि आउन सकेका छैनन आफ्नै समस्याले गर्दा । भोलीका दिनमा को हुने को नहुने भन्ने छुट्याउन नसक्ने अवस्था आएको छ । यतिवेला सरकारले विकास बजेटलाई रोकेरै भएपनि जनस्वास्थ्य र उद्योग व्यवसाय जोगाउनका लागि राहतका प्याकेज घोषणा गर्नु पर्दथ्यो । यदि त्यसो गरेको भए सबैले दिल खोलेर सक्दो सहयोग गर्ने थिए ।

अहिले अन्य मुलुकका उद्योगी व्यवसायीले सरकारलाई सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरिसके नेपालले किन गरेनन् भन्ने प्रश्न पनि उठेको छ । तर, ती देशमा सरकारले उद्योग व्यवसाय बचाउनका लागि सोही अनुरुप राहतका प्याकेज ल्याएर सम्बोधन गरिसकेकाले पनि ढुक्कसाथ सामाजिक उत्तरदायित्वमा लाग्न पाएका छन् । नेपालमा पनि केही उद्योगी व्यवसायीले सहयोग गरेका छन् तर त्यो नै पर्याप्त छैन । यदि चाहेको भए त्योभन्दा धेरै गुणा बढी गर्न सक्थे । अहिले निजी क्षेत्रबाट १ करोड रुपैयाँभन्दा बढी धेरैले दिन सक्दथे । धेरैसँग योभन्दा बढी क्षमता थियो । तर यसमा भने उद्योगी व्यवसायीको कमजोरी देखियो ।

अहिले महामारीको समयमा कालोबजारी भयो भन्ने गुनासाहरु पनि आईरहेका छन् । स्वच्छ व्यवसायीक अभ्यासका लागि राष्ट्रिय व्यवसायीक पहलले एक खालको अभिमुखिकरणको काम पनि गर्दै आएको छ । तर त्यसले धेरैलाई समेट्न भने सकेको छैन । त्यसभित्र हामी जतिपनि सदस्य छौं उनीहरुको लागि आचारसंहिता लागु गरेर कुनै पनि अनैतिक व्यापार व्यवसाय गर्ने छैनौं भनेर आफैलाई नियमन गरेर अघि बढेका छौं । र अहिलेसम्म राष्ट्रिय व्यवसायीक पहलका सदस्यहरु यसमा संलग्न भएको पाइएको छ्र्रैन । त्यसअन्तरगत यो महामारीसँग जुध्न हामीले सक्दो सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएका छौं ।

उदारहणका लागि सोफामाथि बसेर ५० लाख १ करोड, २ करोड रुपैयाँ दिन्छु भन्न सजिलो छ तर आफै खटिएर अहिलेको आवश्यकता अनुरुप सहयोग गनै ज्यादै कठिन छ । हामीले अहिलेको आवश्यकता अनुरुप थर्मलगन, स्यानिटाईजर, पीपीईलगातयका स्वास्थ्य सामग्री आयात गरिसकेका छौं त्यसलाई आवश्कयता अनुसार बिक्री वितरण गरिनेछ ।

अहिले व्यापारीहरुले राहतको सामान भन्दै भन्सार छुटमा सामान आयात गरेका छन् । तर उनीहरुले जुन मूल्यमा बजारमा सामान बिक्री गरेका छन् त्यो हेर्दा उनीहरुले किन भन्सार छुट मागे, सरकारले किन दियो भन्ने प्रश्न चिह्न खडा भएको छ । केही व्यापारीहरुले राज्यप्रति जुन भुमिका निर्वाह गर्नु पर्दथ्यो त्यो गरेनन् । उनीहरु नाफा कमाउनेतर्फनै केन्द्रित भए त्यो एकदमै गलत हो । यस्तो अवस्थामा उद्योगी व्यवसायीले राज्यबाट माग्ने मात्र हैन राज्यलाई सहयोग गर्नु पनि दायित्व हो ।

अहिले जुनजुन व्यापारीले स्वास्थ्य सामग्री आयात गरे सबैंको आआफ्नो छुट्टाछुट्टै व्यवसाय छ । अहिले जसको विश्व बजारमा सम्बन्ध छ, पहुँच छ, उसले सामान आयात गरिरहेका छन् । त्यसरी आयात गरिएका स्वास्थ्य सामग्री सुपथ मुल्यमा दिन सक्नु पर्दथ्यो तर त्यसो हुन सकेन नाफा कमाउने नै प्रमुख उद्देश्य देखियो । यदि कालोबजारी नगरी सुपथ मुल्यमा बजारमा बिक्री वितरण गरेको भए मनवताको नाताले पनि ठूलो सहयोग पुग्ने थियो भने राज्यप्रतिको दायित्व पनि निर्वाह हुनेथियो । केही व्यवसायीले यसैलाई अवसरको रुपमा लिँदै धेरै महङगोमा बिक्री गरे त्यो एकदमै गलत हो ।

‘अहिले व्यापारीहरुले राहतको सामान भन्दै भन्सार छुटमा सामान आयात गरेका छन् । तर उनीहरुले जुन मूल्यमा बजारमा सामान बिक्री गरेका छन् त्यो हेर्दा उनीहरुले किन भन्सार छुट मागे, सरकारले किन दियो भन्ने प्रश्न चिह्न खडा भएको छ । केही व्यवसायीहरुले राज्यप्रति जुन भुमिका निर्वाह गर्नु पर्दथ्यो त्यो गरेनन् । उनीहरु नाफा कमाउनेतर्फनै केन्द्रित भए त्यो एकदमै गलत हो । ‘

नेपालको परिपे्रक्षमा उद्योगी व्यवसायीको बाहिर देखिने रुप र भित्री पिडा फरक फरक छ । यसको तात्पर्य अहिले उद्योग व्यवसाय राम्रोसँग फस्टाएको छैन । अहिले नेपालमा कुनै पनि व्यापार व्यवसायबाट राम्रो नाफा आर्जन गरेर सीएसआर अन्तरगत फण्ड छुट्याएर दिल खोलेर खर्च गर्नसक्ने अवस्था छैन । लकडाउन अघिनै नेपालमा उद्योग व्यवसाय धराशायी अवस्थामा पुगिसकेका थिए । यो संक्रमणबाट आफ्नो उद्योग व्यवसाय जोगाउन वा सीएसआरमा खर्च गरौं यो पिडा जसले उद्योग व्यवसायस गर्दै आएको उसैलाई थाहा हुन्छ । किन दिएनन् ? भएको भए दिन्थे होला । अर्को कुरा सीएसआर भन्ने पैसा भएर मात्र हुँदैन यसका लागि मन पनि चाहिन्छ । कतिपय हुने खाने ठूला धनाढ्या उद्योगपतिले पनि दिएका छ्रैनन भने नहुनेपनि सहयोग गर्दै आएका छन् ।
नेपालमा कोरोना भाइरस सुरु हुनुभन्दा अघि नै व्यापार व्यवसाय खरावको स्थितीमा पुगिसकेको थियो । जसले गर्दा पनि सीएसआरमा दिल खोलेर नआएको जस्तो लाग्छ ।

उदाहरणका लागि मैले बजारमा मास्कको कालोबजारी हुन दिन्न भन्ने अठोटका साथ आफैले मेशिन ल्याएर उत्पादन सुरु गरे । यो समस्यामा आफ्नो व्यापार व्यवसायलाई थाती राखेर राज्यप्रतिको दायित्व निर्वाह गरेको हुँ । आफ्नो आम्दानीको लागि नियमित रुपमा गर्दै आएको व्यापार व्यवसाय छदैछ । सामान्य अवस्थामा ५/७ रुपैयाँभन्दा बढी नपर्ने डिस्पोजेवल सर्जिकल मास्क ५० रुपैयाँसम्ममा बिक्री गरेको आफैले देखे । त्यहि समयमा नेपाल चेम्बर अफ कमर्सकोतर्फबाट मलाई कोरोना सीएसआर कमिटिको संयोजक तोकियो । मैले सम्बन्धित मन्त्रालयमा आफ्नोतर्फबाट के गर्न सकिन्छ भनेर छलफल गर्दा कम्तीमा मास्कको कालोबजारी हुन दिन्न, न्यूनतम मुल्यमा उपलब्ध गराउँछु भनेर त्यतिबेलै घोषणा गरेर मेशिन ल्याएर उत्पादन सुरु गरे । अहिले सम्म करिब ५ लाख थान मास्क निःशुल्क बिक्री वितरण गरे भने अन्य मास्क पनि परल मुल्यमै बिक्री वितरण गर्दै आएको छु । सुरुवाती समयमा त उत्पादन लागतभन्दा पनि कम मुल्यमा दिए ।

डिस्पोजेबल मास्कमा हामी आत्मनिर्भर भयौं र कालोबजारी हुनबाट रोकियो । मैले त्यतिबेलै चीनबाट पीपीई सेट, एन ९५ मास्क, थर्मलगन मगाएको थिए । तर दुर्भाग्यनै भनौ विभिन्न समस्याले गर्दा समयमै ती सामान आउन दिइएन । यदि समयमै ती सामान आएको भए त्यसमा पनि कालोबजारी हुन दिने थिईन । त्यसमा मेरो च्यालेन्ज नै हुनेथियो । यो समयमा १ प्रतिशत पनि नाफा कमाउने मनशाय छैन ।

हुन त सीएसआर भनेको खर्च मात्र नभई ब्राण्ड प्रमोशन पनि हो । तर अहिले जतिपनि सीएसआर गरे त्यसमा कुनै स्वार्थ छैन यसले ब्राण्ड प्रमोशनको विषयलाई छुदैन । यो विषम परिस्थितीमा गरिने सहयोगलाई अन्य विषयसँग जोडिनुहून्न र त्यसमा मैले सोचेको पनि छैन । मेरो नेपालभर ३१ वटा आउटलेट थिए । सेलपेबाट भुक्तानी गरेर सम्बन्धित आउटलेटबाट मास्क लिँदा ५ रुपैयाँमा उपलब्ध गराउने घोषणा गरे । तर लकडाउनले बन्द हुँदा त्यो सम्भव भएन । यसैगरी जनतालाई १० वटा मास्क निशुल्क दिने पनि घोषणा गरियो तर कसरी पुर्याउने ? यसका लागि सेलपेबाट भुक्तानी गरेर स्मार्टडोको, पेलेस, सस्तो डिल, भरोसामार्ट, जिभीजस्ता अनलाईबाट समान गरिदगर्दा उपभोक्तालाई घरघरमै १० वटा मास्क निशुल्क पुर्याइदिने व्यवस्था गरियो । यो एउटा मास्क वितरण गर्ने माध्यममात्र हो ।

(मल्होत्रा राष्ट्रिय व्यवसायिक पहलका कोषाध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष हुन्)

प्रतिक्रिया दिनुहोस्
MBL