Logo

साधना लघुवित्तमा रोजगारीको अवसर, स्नातकोत्तर गरेकाले आवेदन दिन सक्ने

साधना लघुवित्तमा रोजगारीको अवसर, स्नातकोत्तर गरेकाले आवेदन दिन सक्ने



काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले नायब महा प्रबन्धक पदका लागि कर्मचारीको माग गरेको छ । बुधबार वित्तीय संस्थाले प्रकाशित गरेको सूचनामा जनाए अनुसार आप्mनो योग्यता पुगेका जो कसैले फागुन ११ गतेसम्म उक्त पदका लागि दरखास्त दिन सक्ने लघुवित्तले जनाएको छ ।

laxmi

दरखास्तवालाले मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उत्र्तीण गरी बैंक तथा वित्तीय संस्थाहरुमा कम्तिमा १० वर्ष र लघुवित्त कम्पनीमा ३ वर्ष काम गरेको हुनुपर्ने लघुवित्तले जनाएको छ । साथै, व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका दरखास्तवालाहरुलाई विशेष प्राथमिकता समेत दिने जनाएको छ ।

गोरखा नगरपालिका ६ हरामटारीमा केन्द्रिय कार्यालय रही राष्ट्रिय स्तरको लघुवित्तको रुपमा कार्य सञ्चालन गर्दै आएको यस लघुवित्तले दुर्गम र ग्रामीण क्षेत्रमा लघुवित्त बैंकिङ सेवा प्रदान गर्दै आई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL