Logo

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त गाभिँदै, मर्जरसम्बन्धी अन्तिम सम्झाैतापत्रमा हस्ताक्षर

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त गाभिँदै, मर्जरसम्बन्धी अन्तिम सम्झाैतापत्रमा हस्ताक्षर



काठमाडाैं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड गाभिने (मर्जर) भएकाे छ । शुक्रबार दुवै संस्थाबीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झाैता पत्रमा हस्ताक्षर भएकाे हाे ।

laxmi

मर्जर हुने यी दुबै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन् । गएकाे साउन ३२ गते दुई संस्था बिच गाभ्ने/गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएकाे थियाे । कार्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएकाेमा आज (शुक्रबार) साे सम्बन्धी अन्तिम समझौता भएको हो ।

उक्त सम्झौतामा एनआईसी एशिया लघुवित्तको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त बाट संस्थाका अध्यक्ष लालमणी जोेशी हस्ताक्षर गरेका छन् ।

एनआईसी एशिया लघुवित्तको कर्णाली प्रदेश लगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १२० शाखा संचालनमा रहेको छ भने स्वदेशी लघुवित्तको नेपाल भरि ८५ शाखा संचालनमा रहेका छन् । मर्जर पश्चात कुल शाखा संख्या १९३ शाखा हुनेछ ।

मर्जर पश्चात् एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट देशकै सबै भन्दा ठूलो शाखा सञ्जाल र चुक्ता पूँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुने प्रमुख सूचना अधिकृत प्रह्लाद चन्द्र निरौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL