Logo

आरएसडीसी लघुवित्तले गर्यो नगद र बोनस सेयरसहितको लाभांश घोषणा

आरएसडीसी लघुवित्तले गर्यो नगद र बोनस सेयरसहितको लाभांश घोषणा



काठमाडौं । आरएसडीसी लघुवित्तले लाभांश घोषण गरेको छ। असोज २४ गते बसेको संस्थाको सञ्‍चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६-०७७ को सञ्‍चित मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

laxmi

कम्पनीले लगानीकर्तालाई कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये हाल कायम चुक्ता पुँजीको ९ प्रतिशतले हुन आउने ६ करोड ४ लाख ३७ हजार ४५ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि समेत ३.६३ प्रतिशतले हुन आउने २ करोड ४३ लाख ८६ हजार ८७८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको अगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तामा वितरण हुनेछ । कम्पनीको हालको चुक्ता पुँजी ६७ करोड १५ लाख २२ हजार ७२० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL