Logo

समाज लघुवित्तको आइपिओ ८ हजार ७० जनाले मात्र पाए, ५ लाख ३९ हजार ३ सय जनाको हात खाली

समाज लघुवित्तको आइपिओ ८ हजार ७० जनाले मात्र पाए, ५ लाख ३९ हजार ३ सय जनाको हात खाली



काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले प्राथमिक सेयरमा आवदेन दिने ५ लाख ३९ हजार ३ सय जनाको हात खाली भएको छ। सोमबार भएको बाँडफाँडमा ८ हजार ७० जनाले मात्र १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् ।

संस्थाको प्राथमिक सेयरमा ५ लाख ७० हजार ३७० वटा योग्य आवदेन परेको थियो । आवेदन दिनेमध्ये ५५८ जनाको आवदेन रद्द भएको छ । योग्य आवेदकबाट एक करोड १४ लाख कित्ताको लागि आवदेन परेको थियो ।

कम्पनीले भदौ ४ गतेदेखि ८ गतेसम्म ८० लाख ७० हजार रुपैयाँबराबरको ८० हजार ७०० कित्ता सेयरका लागि आवेदन खुलाएको थियो ।

सोमबार भएको बाँडफाँटमा कर्मचारीले एक हजार कित्ता पाएका छन् भने म्युचुअल फन्डले ४ हजार ३ सय कित्ता पाएका छन्। संस्थाले भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणको लागि प्राथमिक सेयर जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL