Logo

सामुदायिक लघुुवित्तको छैठौं बार्षिक साधारण सभा, ३२ प्रतिशत सेयर बोनस पारित

सामुदायिक लघुुवित्तको छैठौं बार्षिक साधारण सभा, ३२ प्रतिशत सेयर बोनस पारित



काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको छैंठौं बार्षिक साधारण सभा सम्पन्न भएकोछ ।

शुक्रबार सम्पन्न संस्थाको सभाले आ.व. २०७५÷७६ को बार्षिक लेखापरीक्षण प्रतिवेदन सहित २०७६ असार मसान्तसम्मको वासलात, नाफा÷नोक्सान र नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरु पारित गरेको छ ।

यस्तै सभाले आ.व. २०७५÷७६ असार मसान्त सम्मको चुक्ता पूँजीको ३२ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनका लागि १.६८ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ ।

साथै बोनस शेयर पश्चात कायम हुन आउने चुक्ता पूँजीको २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताबसमेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL