Logo

गणपति र नेपाल एग्रो माइक्रोफाइनान्सको कारोबार खुल्यो, यस्तो छ ओपनिङ्ग रेञ्ज

गणपति र नेपाल एग्रो माइक्रोफाइनान्सको कारोबार खुल्यो, यस्तो छ ओपनिङ्ग रेञ्ज



काठमाडौं । गणपति र नेपाल एग्रो माइक्रोफाइनान्सको सेयर आईतबारदेखि कारोबार खुला भएको छ । नेपाल स्टक एक्सचेञ्जमा आइतबारदेखि दुबै कम्पनीको प्राथमिक सेयर दोस्रो बजारमा कारोबार सुरु भएको हो ।

नेप्सेले गणपतिको कारोबार संकेत जीएमएफबीएस (GMFBS) तोकेको छ भने नेपाल एग्रोले कारोबार संकेत एनएजीआरओ (NAGRO) पाएको छ ।

गणपति माइक्रोफाइनान्सको न्युनतम कारोबार मूल्य ७८ रुपैयाँ ९० पैसा र अधिकत्तम २३६ रुपैयाँ ७२ पैसा तोकेको छ ।

गणपतिको गत शुक्रबार १० लाख ३५ हजार कित्ता शेयर सूचीकृत भएको छ । कुल सूचीकृत शेयरमध्ये ३ लाख ३५ हजार कित्ता सर्वसाधारण र बाँकी ७ लाख कित्ता संस्थापक शेयर रहेको छ ।

यसैगरी आजै कारोबार खुलेको नेपाल एग्रोको न्युनतम १०३ रुपैयाँ ४८ पैसा अधिकत्तम ३१० रुपैयाँ ४४ पैसा ओपनिङ्ग रेन्जव तोकिएको छ ।

नेपाल एग्रोले शुक्रबार ४ लाख ९७ हजार ७७८ कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको हो । जसमध्ये १ लाख ६१ हजार ७७८ कित्ता सर्वधारण र बाँकी ३ लाख ३६ हजार संस्थापक सेयर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL