Logo

दिव्य लघुवित्तको अध्यक्षमा जीवन भट्टराई नियुक्त, आजै लिए शपथ

दिव्य लघुवित्तको अध्यक्षमा जीवन भट्टराई नियुक्त, आजै लिए शपथ



काठमाडौं । दिव्य लघुवित्त वित्तीय संस्थाको सभापति अध्यक्षमा जिबन भट्टराई नियुक्त भएका छन ।
संस्थाको प्रथम बार्षिक साधारण सभाले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

सभाले आगामी ४ बर्षको लागि जीवन भट्टराई प्रकृतिराज तिमिल्सिना महेश बहादुर बस्नेत र नचोङ गुरुङ गरी ४ जनालाई सञ्चालकको रुपमा निर्विरोध निर्वाचित गरेको छ ।

समितिका अध्यक्ष जीवन भट्टराईले बिहीबार अर्थात आजै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल समक्ष सपथ ग्रहण समेत गरेका छन ।

संस्थाको अधिकृत पूँजी २० करोड रुपैयाँ, जारी पूँजी ११ करोड रुपैयाँ र चुक्ता पूँजी ७ करोड ७० लाख रुपैयाँ रहेको छ ।

उक्त लघुवित्त वित्तीय संस्थाका सर्वसाधारण शेयरधनीलाई छुट्याईएको शेयर बाहेक हालको चुक्ता पूँजीको आधारमा सेञ्चुरी कमर्सियल बैंकको ३५ दशमलव ७१ प्रतिशत, कैलाश विकास बैंकको १५ दशमलव २९ र व्यक्तिगत संस्थापकहरुको ४९ प्रतिशत शेयरमा लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL