Logo

सार्वजनिक निस्काशन बन्द भएको ३७ घण्टामै सेयर बाँडफाँट

सार्वजनिक निस्काशन बन्द भएको ३७ घण्टामै सेयर बाँडफाँट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आरम्भ माइक्रोफइनान्स वित्तीय संस्था लिमिटेडले आफुले जारी गरेको आइपिओ २ दिनमै बाँडफाँट  गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी उक्त आइपिओ गोलाप्रथाद्धारा सर्वसाधारणलाइ बाँडेको हो ।

संस्थाले उक्त आइपिओ फागुन १५ देखि फागुन २१ गतेसम्म जारी गरेको थियो ।

७ दिनमा १ करोड १८ लाख ७८ हजार ७ सय ५० कित्ता सेयर खरिद आवेदनका लागि १ अर्व १८ करोड ७८ लाख ७५ हजार रुपैयाँ बराबरको १ लाख ८६ हजार ३८ ओटा आवेदन पेश भएका थिए । जसमध्ये सर्वसाधारणतर्फबाट २ लाख ७० हजार ४ सय ८० कित्ता बाँडफाँड गरिएको छ ।

गोलाप्रथाद्धारा बाँडिएको उक्त शेयर २७ हजार ४८ जनाले १० ( १० कित्ता पाउने भएका हुन ।

सिडिएस क्लियरिङले नेपालमा पहीलो पटक सार्वजनिक निस्काशन बन्द भएको २ दिन अर्थात ३७ घण्टामै यसरी शेयर बाँडफाँड भएको जानकारी दिएको छ । साथसाथै नेपाली पूँजी बजार नयाँ युगमा प्रवेश गरेको अनुमान लगाउन सकिने बताएको छ ।

यसका साथै आवेदन चरणमा ३८५ ओटा आवेदन रद्द गरिएको सिडिएस क्लियरिङले जानकारी दिएको छ ।

सिडिएस एन्ड क्लियरीङ सर्भिस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवप्रसाद गुप्ताले कम्पनीका सबै कर्मचारीको अथक प्रयास तथा प्रविधिको विकासले महिनौंसम्म कुर्नुपर्ने काम २ दिनमै पुरा हुन सम्भव भएको जानकारी दिए । यसका साथै उनले इतिहाँसमै पहिलोपल्ट भएको यो कार्य निकै आश्चर्यजनक भएको बताए ।

आरम्भ माइक्रोफाइनान्सका अनुुसार सबै कित्तामध्ये ८ हजार ८ सय २० कित्ता कर्मचारीलाइ तथा १४ हजार ७ सय कित्ता सामुहिक लगानी कोषलाइ छुट्याएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL