Logo

मेरो माइक्रोफाइनान्स लघुवित्तद्वारा महिला केन्द्रलाई सहयोग

मेरो माइक्रोफाइनान्स लघुवित्तद्वारा महिला केन्द्रलाई सहयोग



काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय मनमैजुले तारकेश्वर नगरपालिका ४ लोलाङ्गस्थित जितगुरु गणेश महिला केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।

laxmi

फाइनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार महिला केन्द्रलाई केन्द्र घर बनाउन सहयोग गरेको हो ।

संस्थाले मनमैजु शाखाका प्रबन्धक चक्रबहादुर लामा महिला केन्द्रका प्रमुख उमा देवी भण्डारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा केन्द्रका प्रमुख भण्डारीले समूहमार्फत संस्थाले महिलाहरुको उत्थानका लागि विभिन्न सामाजिक क्रियाकलापहरुमा सहयोग गर्दै आएकोमा लघुवित्तप्रति आभार प्रकट गरे ।

त्यस्तै संस्थाका शाखा प्रबन्ध लामाले महिलाहरु समूहमा आबद्ध भई आर्थिक उपार्जन गरेर महिलामा सशक्तीकरण हुनुको साथै समाज विकासमा परिवर्तन आएको समेत बताए ।

मेरो माइक्रोफाइनान्स लघुवीत्त वित्तीय संस्था नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत करिब १ लाख ८० हजार घरपरिवारहरुलाई वित्तीय सेवा पुर्याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL