Logo

ग्लोबल आइएमई लघुवित्तद्धारा करिब ९० लाख ब्याज छुट

ग्लोबल आइएमई लघुवित्तद्धारा करिब ९० लाख ब्याज छुट



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना ऋणी सदस्यहरुलाई करिब ९० लाख बराबरको ब्याज रकम छुट प्रदान गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभावले सम्पूर्ण क्षेत्र, पेशा र व्यावसाय प्रभावित भइरहेको यस बिषम परिस्थीतिमा वित्तीय संस्थामा आवद्ध ऋणी सदस्यहरुलाई राहत स्वरुप संस्थाले १०(दश) प्रतिशत ब्याज छुट प्रदान गरेको हो ।

पोखरा–२६, विजयपुरमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाको हाल देशभर ११२ वटा शाखा कार्यालयहरु, १,२८,५०३ जना ग्राहक सदस्यहरु र लगानीमा रहिरहेको कर्जा रकम ६ अर्ब ५६ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL