Logo

स्वाबलम्बन लघुवित्तको सीईओमा खतिवडा नियुक्त, लघुवित्त क्षेत्रमा २७ वर्षको अनुभव

स्वाबलम्बन लघुवित्तको सीईओमा खतिवडा नियुक्त, लघुवित्त क्षेत्रमा २७ वर्षको अनुभव



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा उदयराज खतिवडा नियुक्त भएका छन् ।

laxmi

चैत १९ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले खतिवडालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । खतिवडाले चैत २६ गतेबाट पदभार ग्रहण गर्दैछन् ।

लघुवित्र क्षेत्रमा २७ वर्षको अनुभव रहेका खतिवडा यसअघि स्वरोजगार लघुवित्तको सीईओ थिए ।

२०५० सालमा छिमेक लघुवित्तबाट सेवा सुरु गरेका खतिवडाले स्वरोजगार लघुवित्तको संस्थापक सीईओ रुपमा प्रवेश गरेर करिब १० वर्ष काम गरेपछि गत वर्षबाट बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL