Logo

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा, यस्तो छ बोनस र नगदको अनुपात

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा, यस्तो छ बोनस र नगदको अनुपात



काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आ.व को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

laxmi

हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १०।५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ७.३७ प्रतिशतका दरले हुन आउने ६ करोड १० लाख ९९ हजार ८७९ रुपैयाँ ५० पैसा बराबरको बोनस शेयर तथा ३.१६ प्रतिशतका दरले २ करोड ६१ लाख ९७ हजार ५०६ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ।

प्रस्तावित लाभांश आगामी पुस २९ गते हुने फाइनान्सको २६ औँ वार्षिक साधारण सभाले पारित गरी वितरण गरिनेछ। 

प्रतिक्रिया दिनुहोस्
MBL