Logo

समृद्धि फाइनान्सद्धारा बनेपा शाखा कार्यालयको उद्घाटन

समृद्धि फाइनान्सद्धारा बनेपा शाखा कार्यालयको उद्घाटन



काठमाडौं । समृद्धि फाइनान्सले आफ्नो सातौ शाखाको रुपमा बनेपा शाखा कार्यालयको उद्घाटन एक औपचारीक कार्यक्रम गरी गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि बनेपा नगरपालिकाका मेयर शान्ती रत्न शाक्यले सोमबार बनेपा शाखा कार्यालयको औपचारीक उद्घाटन गरेकी छिन् ।

उक्त कार्यक्रममा बनेपा उवा संघका उपाध्यक्ष कैलाश पलान्चोक, बनेपा नपा वार्ड नं ८ का वार्ड अध्यक्ष शुभलक्ष्मी मानन्धर सहित लब्धप्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो ।

साथै उक्त कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले गरेका थिए । भने प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तिय कारोबार सम्बन्धि जानकारी गराएका थिए ।

त्यस्तै चाँडै नै आठौ शाखाको रुपमा जनकपुर शाखाको पनि उदघाटन गरिने जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रबद्र्यन अधिकृत सुरज कुमार सर्राफले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL