Logo

भिवोर बैंक तीन वर्षपछि नाफामा, खराब कर्जा असुली र खुद ब्याज आम्दानी बढ्यो

भिवोर बैंक तीन वर्षपछि नाफामा, खराब कर्जा असुली र खुद ब्याज आम्दानी बढ्यो


बिजखबर संवाददाता
0
Shares

बिजखबर संवाददाता, काठमाडौं । तीन वर्षदेखि घाटामा रहेको भिवोर विकास बैंक नाफामा गएको छ । बैंकले चालु आर्थिक वर्ष २०७१/७२ को पहिलो ३ महिना २ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले २ करोड ६९ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो ।

गत असार मसान्तमा भने बैंक १३ करोड १९ लाख रुपैयाँले घाटामा थियो । खराब कर्जा असूली र खुद व्याज आम्दानी बढेपछि बैंकले नाफा कमाएको जानकारी दिइएको छ ।

गत वर्षको असोजमा बैंकको ब्याज आम्दानी ६ लाख रुपियाँ खुद नोक्सानमा रहेको थियो । चालु आवको असोजमा भने व्याज आम्दानी २ करोड ४२ लाख रुपैयाँले खुद नाफामा छ । समिक्षा अवधिमा बैंकको खराज कर्जा पनि घटेको छ । गत वर्षको असोज मसान्तमा कूल कर्जाको १५ दशमलव ५२ प्रतिशत रहेको खराब कर्जा यो असोजमा ५ दशमलव ६५ प्रतिशतमा झरेको छ ।

बैंकले सार्वजानिक गरेको अपरिस्कृत वित्तिय विवरण अनुसार संभावित जोखिम बापत छुट्याइएको ९ करोड ७० लाख रुपैयाँ फिर्ता (राइट व्याक) गरेको छ । गत वर्षको असोजमा ७ करोड ८७ लाख रुपैयाँ राइटव्याक गरेको थियो ।

समिक्षा अवधिसम्ममा बैंकले ३ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकको चुक्ता  पूँजी ९१ करोड ७० लाख रुपैयाँ रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL