Logo

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, नेपाल प्रहरीलाई सहयोग

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, नेपाल प्रहरीलाई सहयोग



काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउलाई सामाजिक जनचेतनामूलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर प्रदान गरिएको छ ।

laxmi

बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गले प्रहरी वृत्त मालीगाँउलाई चाडपर्वको समयमा हुनसक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न, सार्वजनिक सुरक्षा तथा अमनचयन कायम राख्न, सम्भावित अपराधको रोकथाम, तथा नियन्त्रण कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले जनचेतनामूलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर हस्तान्तरण गरेको हो । यसबाट मालीगाँउ वडा क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास बैैंकले लिएको छ ।

प्रहरी वृत्त मालीगाँउका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदी र सामुदायिक प्रहरी सेवाकेन्द्र, कालोपुलका वरिष्ठ प्रहरी नायब निरीक्षक वसन्त थापालाई बैैंकका निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL