Logo

कामना सेवा विकास बैंकद्वारा ‘कामना सेवा कष्टुमर डे’ कार्यक्रम सम्पन्न, ग्राहक सन्तुष्टिलाई प्राथमिकता

कामना सेवा विकास बैंकद्वारा ‘कामना सेवा कष्टुमर डे’ कार्यक्रम सम्पन्न, ग्राहक सन्तुष्टिलाई प्राथमिकता



कामना सेवा बिकास बैंक लिमिटेडले ‘कामना सेवा कष्टुमर डे’ कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ग्राहकहरूको सन्तुष्टिलाई प्राथमिकता दिदैँ आफ्नो सेवा र सुविधालाई थप सरल एवम् ग्राहकमैत्री सेवा प्रवाह गर्न ‘कामना सेवा कष्टुमर डे’कार्यक्रम सम्पन्न गरेको हो ।

laxmi

बैंकले ‘केएसबिबिएल केयर’ सन् २०१९ फेब्रुअरी ९ देखि सञ्चालनमा ल्याएको हुँदा सोही दिनको वार्षिकोत्सवको अवसरमा बैंकले प्रथम ‘कामना सेवा कष्टुमर डे’ कार्यक्रममार्फत देशव्यापी रूपमा आफ्ना ग्राहकहरूलाई मायाको चिनो प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले बैंकको प्रगतिमा साथ र सहयोग गर्ने ग्राहकहरू प्रति कृतज्ञता व्यक्त गरेका छन् । साथै, उनले ग्राहकका आवश्यकताअनुसार भरपर्दो र गुणस्तरीय सेवाहरु प्रदान गर्दै निरन्तर सेवाहरुमा उत्कृष्टता ल्याउन बैंक प्रतिबद्ध रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL